यसरी गरियो सिहदरबार मुख्य प्रवेश द्वारको सफाइ(फोटो फिचर)



काठमाडौं । काठमाडौं महानगरले सिंहदरबार प्रवेश गर्ने मुख्यद्वारको सरसफाइ गरेको छ । देशकै मुख्य प्रशासनिक सचिवालय प्रवेश गर्ने मुल ढोकाको माथिल्लो भागमा झार पलाएको, भुइँमा लेउ लागेकोले सरसफाइ गरिएको हो ।

ढोकाको माथिल्लो भागको सफाइका लागि शुरुवातमा डबल एक्स्टेन्सन ल्याडर (ग्राउन्ड ल्याडर) प्रयोग गरिएको थियो । त्यो भर्याङ्बाट ढोकाको शिरसम्म पुग्न नसकिने र सुरक्षित नभएकोले दकमलबाट एरियल (टर्नटेबल) ल्याडर मगाएर माथिल्लो भागमा पलाएको झार उखेलिएको थियो ।

ढोकाको बाहिरपट्टिको खाली जमिनमा बिछ््याइएका इटामाथि लेउ लागेर चिप्लो भएको थियो भने झार पलाएर ढोकाका आकर्षण घटेको थियो । वातावरण व्यवस्थापन बिभाग करीब ४० जना जनशक्ति खटाएर भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगाल सफाइ गरिएको थियो । सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेशन पठाइएको थियो भने जेटको प्रयोग गरेर पखालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

फुङ्लिङ (ताप्लेजुङ) । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन

संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार

लोमान्थाङ (मुस्ताङ) । ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

गलेश्वर । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा