आधारभूत माग पूरा नभएसम्म व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगर्ने



काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले अहिलेको अवस्थामा सवारी सञ्चालन गर्न नसकिने स्पष्ट पारेका छन् । आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसंग सिंहदरबारमा छलफल गर्दै नेपाल यातायात व्यवसायी महासंघ, तीन वटा मजदुर संघले यातायात सञ्चालनका लागि सहज वातावरण नभएको भन्दै अहिलेको अवस्थामा सवारी सञ्चालन गर्न नसकिने स्पष्ट पारेका हुन् ।

उनीहरुले यातायात व्यवसायीको समस्या सरकारले सम्बोधन गर्नुपर्ने, बैकमा ऋण तिर्न नसक्ने अवस्था रहेकाले कर्जामा सरकारले बिचार गर्नुपर्ने लगाएतका बिषय सम्बोधन हुनुपर्ने बताए ।

नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले सरकारले आफुहरुसंग कुनै छलफल नै नगरि यातायात खुल्ला गरेको घोषणा गरेको गुनासो गरे । उनले कोरोनापछिको लकडाउनले गर्दा देखिएको समस्या समाधान गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

छलफलमा यातायातमन्त्री नेम्वाङले व्यवसायीहरुले यातायात खुल्ला गर्नुपर्यो भनेका कारण नै सरकारले यसलाई खुल्ला गरेको बताए । उनले व्यवसायी र मजदुरको समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

व्यवसायी तथा मजदुर संघहरुले आफूहरुले राखेको आधारभूत माग पूरा नभए बस सञ्चालन गर्न नसकिने बताउँदै आएका छन् । सरकारले शुक्रबारदेखि ५० प्रतिशत बढी भाडा लिएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर सार्वजनिक यातायात भने सञ्चालन हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

गभर्नर सिफारिस समिति पुनर्गठन

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ बसेको

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर