सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीको बितण्डा(फोटो फिचर)



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भोटेकोशी र याल्मो नदीमा गएराति आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । बाह्रबिसे ५ जम्बुका दुई जनाको शव भेटिएको छ भने १८ जना बेपता भएका छन् । जम्बुमा केही घर बगाएको स्थानीयले जानकारी दिएका छन् । जम्बु बाह्रबिसे बजारबाट करीब ३ किलोमिटर माथि पर्दछ । बाह्रबिसे नगरपालिका ३ खागदलमा बाढीले कच्ची र पक्की गरी २० घर बगाएको छ । प्रहरीका अनुसार बाढीले बाह्रबिसे नगरपालिका भन्दा माथि खागदल पुल बगाएको छ । पुल बगाउँदा बाह्बिसे माथि र तलको सम्पर्क टुटेको छ ।

जसका कारण बाढीले क्षति पुर्याएको जम्बुमा प्रहरी पुग्न सकेको छैन् । मध्य भोटेकोशीको निर्माण स्थल पनि बाढीका कारण ध्वस्त भएको छ ।

यसैगरी जुरे पहिरो अगाडि लगभग सय मिटर सडक पनि खोलाले कटान गरेको छ ।

 

फोटो : सामाजिक संजालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषामा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दाबढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा

काठमाडौँको सुनधारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँस्थित सुनधारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको

तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू

सडकबाटो बिग्रेपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द

चितवन । चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको