ताप्लेजुङमा घुससहित दुई जना सहायक वन अधिकृत पक्राउ



ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङका दुई जना सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई जनही एक/एक लाख रुपैयाँ घूससहित पक्राउ गरेको हो ।

उनीहरुले सेतक चिनी छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस लिएका थिए । दुवैजनालाई कार्यालयमै रकम लेनदेन भइरहेको बेला पक्राउ गरेको आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिएका छन् । चार सय किलो सेतक चिनी बिक्रीको लागि छुटपुर्जी बनाइदिन व्यवसायी सविन बानियाँसग साह र यादवले घुस लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा

मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु

देउखुरी । दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई

बबई नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

दाङ । दाङको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली