हिमानी कोषद्धारा नेपाल मेडिकल एशोसिएसनलाई स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । हिमानी कोषले देशका विभिन्न अस्पतालमा कोरोना विरुद्ध कार्यरत चिकित्सकका लागि नेपाल मेडिकल एशोसियसन (एनएमए) मार्फत मास्क, स्यानिटाईजर र लेजर थर्मोमिटर सहयोग गरेको छ ।

हिमानी कोष र एनएमएले सोमबार आपसी सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त सामग्रीहरु कोभिड १९ बाट अत्याधिक प्रभावित स्थानका अस्पतालमा कार्यरत चिकित्सकहरुलाई प्रदान गर्ने सहमति गरेका छन् । उक्त सम्झौता पत्रमा हिमानी कोषकातर्फबाट महासचिव रेश्मा राणा र नेपाल मेडिकल एशोसिएसनका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

कोषको कार्यालयमा भएको कार्यक्रममा हिमानी कोषले ५ हजार थान केएन ९५ मास्क, २४०० थान स्यानिटाईजर र ४८ थान लेजर थर्मोमिटर एनएमएका अध्यक्ष डा. लोचन कार्कीलाई हस्तान्तरण गरेको छ । सामग्री बुझ्दै एनएमएका अध्यक्ष डा. कार्कीले उक्त सामग्री आजैबाट वितरण गर्न थालिने बताए । संस्थाकी अध्यक्ष हिमानी राज्य लक्ष्मी देवी शाह नेपालमा नरहनु भएका कारण अन्य पदाधिकारीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

साथै, हिमानी कोष र नेपाल मेडिकल एशोसियसन बीच स्वास्थ्य सेवालाई योगदान गर्न दिर्घकालिनरुपमा सहकार्य गर्ने समेत तयारी भएको छ । सहकार्यका बिषयहरु तय गरी केही समय भित्रै कार्ययोजना ल्याउने दुवै संस्थाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको ऐतिहासिक मानवनिर्मित गुफा

मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ ढाक्मरगाउँ नजिकै रहेको जियोपार्क अन्तर्गत रहेको मानवनिर्मित गुफा । राताम्मे

बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

भक्तपुर । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस

तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नुखेती गर्दै

तेह्रथुम । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको

बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र