खगेन्द्र स्पोर्टस् फाउण्डेशन तथा ब्लूक्रस अस्पतालद्वारा संयुक्तरुपमा तेस्रो नर्सेस एथलेटिक्स मिट आयोजना



काठमाडौं । खगेन्द्र स्पोर्टस् फाउण्डेशन तथा ब्लूक्रस अस्पतालको संयुक्त आयोजनामा शनिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकको खेलमैदानमा शनिबार तेस्रो नर्सेस एथलेटिक्स मिट आयोजना गरिएको छ ।

‘रन फर कमिटमेन्ट, रनर्स आर विनर’ नाराका साथ युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माकमो प्रमुख आतिथ्यतामा सम्पन्न भएको मिटमा चार विधाका खेल समावेश गरिएको थियो । जसमा एक सय मिटर, दुई सय मिटर, चार सय मिटरको रिले दौड तथा साढे दुई किलोमिटरको स्वयम्भू परिक्रमा रोड रेश थिए ।

कार्यक्रममा ३४ वटा अस्पतालको सहभागिता रहेको थियो भने ४ सय ६० जनाले दौडमा भाग लिएका थिए । एक सय मिटर दौडमा नेपाल मेडिकल कलेज हस्पिटलकी शर्मिाला पौडेल प्रथम, सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव द्धितिय, ग्रिनसिटी अस्पतालकी पूजा राईले तृतिय स्थान हासिल गरिन् ।

त्यसैगरी, दुई सय मिटर दौडमा ग्रिनसिटी अस्पतलकी पूजा राई प्रथम, सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव द्धितिय र उपेन्द्र देवकोटा अस्पतालकी मुना श्रेष्ठ तृतिय भइन् । त्यस्तै रोडरेसमा नेपाल प्रहरी अस्पतालका खुशी हिराचन प्रथम, सशस्त्र प्रहरी अस्पतालका राजेश्वरी बडु द्धितिय र सशस्त्र प्रहरी अस्पतालका रोजी गजमेर तृतिय भइन् ।

त्यस्तै चार सय मिटर रिले दौडमा नेपाल मेडिकल कलेजका खेलाडीहरु प्रथम, ग्राण्डी अस्पतालका खेलाडीहरु द्धितिय र नेपाल प्रहरी अस्पतालका खेडालीहरुले तृतिय स्थान हासिल गरे ।

स्वास्थ्य क्षेत्रमा विरामीहरुको २४ सै घण्टा सेवामा लागिरहने नर्सहरुलाई कदर गर्दै खेलमा लागे स्वस्थ समेत हुने भएकाले विगत तीन वर्षदेखि नर्स मिटको आयोजना गर्दैै आएको आयोजक समितिका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले जानकारी गराए । त्यस्तै हरेक वर्ष यस्तै कार्यक्रमको आयोजना गरी नर्सहरुको सम्मान तथा कदर गरी उनीहरुको मनोबल अझै उच्च बनाउने महासचिव रजत श्रेष्ठले बताए ।

ब्लूक्रम अस्पतालका मेडिकल प्रमुख डा. प्रज्वलमान श्रेष्ठले यस्ता महान् कार्य गर्ने फाउण्डेशनलाई सरकार र निजी अस्पतालले सहयोग गर्नुपर्ने तथा ब्लूक्रस अस्पतालले सदा सहयोग गर्ने बताए ।

दौडमा प्रथम हुनेलाई दश हजार, रिले दौडको प्रथम विजेतालाई २० हजार, दोस्रोलाई ७ हजार, दोस्रो हुने रिले दौडका विजेतालाई १२ हजार, तेस्रो हुनेलाई ५ हजार, रिले दौडका तेस्रो हुनेलाई ८ हजारसाथै मुक्तिनाथ विकास बैंकको तर्फबाट हरेक विधाका विजेतालाई पाँच हजार, एयूरिक मल्टिकेर कम्पनीबाट पाँच हजार,हिमालय हर्बल हेल्थकेयर कम्पनीबाट सम्पूर्ण पदक विजेताहरुलाई गिफ्ट ह्याम्परका साथै ब्लूक्रम व्यवस्थापन टीम र गौतम होलीडेज प्रालिबाट एकरात दुई दिनको पूर्ण प्याकेजको कालिञ्चोक टुरसमेत पुरस्कार स्वरुप प्रदान गरिएको ब्लूक्रस अस्पतालका प्रवन्धक सतीदेवी गौतमले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

काठमाडौंमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक

राखेपलाई प्रधानमन्त्रीको निर्देशनः ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउनुस्

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि