जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु



काठमाडौं । पार्टी एकतापछि जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारबाट काठमाडौंमा सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको सभाहलमा बसेको बैठकको पहिलो दिन परिचयात्मक कार्यक्रम भएको थियो । उक्त बैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सहभागी छन् ।

बैठक अन्तर्गत बिहीबारबाट पार्टीको वैचारिक, राजनीतिक, सांगठानिक, साँस्कृतिक कार्यदिशाका बारेमा छलफल हुने पार्टीका नेता मनिष सुमनले जानकारी दिए । त्यस्तै उनले बैठकले पार्टीको ठोस रणनीति तथा कार्यक्रम निर्धारण गर्ने पनि बताए ।

सुमनले कोरोना नियन्त्रणका लागि प्रत्येकघरका व्यक्तिहरुको पीसीआर परिक्षण गर्नुपर्ने पार्टीको धारणा राखेको उल्लेख गरे । तत्कालीन समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको हो । उक्त पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव छन् । बैठक केहि दिन चल्ने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा

जिम्मेवारी नपाएर बाहिर रहेका नेताहलाई अविलम्ब जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानले जनतासँग पार्टी र कार्यकर्तासँग

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ । सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस भएको छ