सरकार आफ्नो बचन र निष्ठामा अड्नु बुद्धिमानी हुन्छः राप्रपा अध्यक्ष राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सत्याग्रही युवाहरूसँगको संझौता सरकारले अविलम्ब पालना गर्नु पर्ने बताएका छन् । नागरिकलाई सरकारले छल गर्नु नहुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकार आफ्नो बचन र निष्ठामा अड्नु बुद्धिमानी हुने टीप्पणी गरेका छन् ।

‘सरकारले संझौता पूरा नगरेपछि ६ दिन भयो ईः, करण गुरुङ, समैरा श्रेष्ठ बिना खाना पानी सत्याग्रहमा बसेको,’ राणाले बिहीबार ट्वीट गर्दै भने ।

‘सत्याग्रही, नागरिकलाई छल गर्नु सरकारको निष्ठा र बुद्धिमानी होइन । बन्दाबन्दी हट्दा संक्रमण झन् बढ्न सक्नेछ । यसैले कोभिड–१९ सबल व्यवस्थापनको बाचा सरकारले अविलम्ब पालना गर्न जरुरी छ,’ उनले भने ।

कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै ‘इनफ इज इनफ’ अभियान संचालन गर्ने क्रममा यस अघि युवाहरूले १२ दिन सत्याग्रह गरेका थिए ।

यस क्रममा सरकार र सत्याग्रहीबीच १२ बुँदे संझौता भएको थियो । तर, सरकारबाट संझौता पालना नभएपछि युवाहरू पुनः बसन्तपुरमा सत्याग्रहमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका वरिष्ठ नेता पशुपति शम्सेर जबरालाई जनसम्मान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्छुः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं। ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’

सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ

-डा. बाबुराम भट्टराई । माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच