काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा सम्पन्न भएको छ । मङ्गलबार ‘नानिचाः याः’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न भएको हो ।
जात्राको अन्तिम दिन वसन्तपुरबाट शुरु भएको रथयात्रा नरदेवी, भेडासिङ, किलागल, इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुर्याइएको थियो । रथ वसन्तपुर फर्किएपछि इन्द्रजात्राको मुख्य विधिमध्ये एक इन्द्रध्वजा फहराइएको लिङ्गो ढाल्ने विधि गरिन्छ । मंगलबार राति लिङ्गो ढालेर तान्दै बागमती नदीमा लगेर बिसर्जन गरेपछि यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा समापन हुनेछ ।
तस्बिरः रत्न श्रेष्ठ




प्रतिक्रिया