वीपी कोइराला सानो देशको अग्लो ब्यक्तित्वः देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला सानो देशको अग्लो ब्यक्तित्व भएको दूरदर्शी राजनेता भएको बताएका छन् । वीपीको ३८ औं स्मृति दिवसमा कांग्रेसको प्रचार विभागले मंगलबार गरेको कार्यक्रममा सभापति देउवाले वीपी राष्ट्रवादी, समाजवादी र प्रजातन्त्रवादी रहेको बताएका हुन् ।

प्रजातान्त्रिक समाजवादको उहाँको विचार आज झनै सान्दर्भिक भएको भन्दै सभापति देउवाले नेपालले आज हिंड्ने मुल बाटो वीपिकै विचार र विश्वासको बाटो भएको बताए । उनले बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै हामी सबैको सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए ।

उनले भने, ‘राष्ट्र माथि संकट आउँदा आफ्नो जिवनको रिस्क लिएर ०३३ सालमा वीपी स्वदेश फर्कनु भएको थियो । आज राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भई रहेका बेला वीपिको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावना साथ समाधान पहिल्याउनु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमि विधेयक फिर्ता लिन संघीय लोकतान्त्रिक मोर्चाको माग

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकप्रति असहमति जनाएको छ ।

माओवादीको प्रश्नः भैरहवा विमानस्थल अध्ययन उपसमितिमा माओवादीलाई किन सहभागी गराइएन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो प्रतिनिधित्व नगराइएकोमा आपत्ति

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हो’

काठमाडौँ। काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने बताएका छन् ।

सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार रहन्छः महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत