सरकारलाई मजदूरका पक्षमा काम गर्न थापा, राणा र लोहनीको आग्रह



काठमाडौं । १३१ औं अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षले सन्देश जारी गर्दै कोभिड -१९ को प्रकोपबाट सबैभन्दा बढी प्रभावित दैनिक ज्यालादारी मजदुरहरु तथा सबै श्रमजीवीहरुको हित र सुविधाको निमित्त सरकारलाई उदारतापूर्वक सहयोग गर्न आग्रह गरेका छन् । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले रोजगारी गुमाएका युवाका लागि सरकारले आपतकालीन प्याकेज तत्काल नल्याए स्थिति भयावह बन्ने बताएका छन् ।

बन्दाबन्दीपछि १० लाख नेपाली युवा स्वदेश फर्किने र यस अवस्थामा सरकार सत्ता र लुटको भूलभूलैयामा लागीरहे भयावह स्थिति सिर्जना हुने उनले बताए ।

‘बन्दाबन्दी खुलेलगत्तै रोजगारी गुमाएर १० लाख युवा नेपाल फर्किने प्रक्षेपण छ । यसर्थ कृषिमा जोड दिँदै आपतकालीन प्याकेज सरकारले तत्काल लागू गर्नु पर्दछ,’ उनले शुक्रबार भने । ‘महामारी नभनी सत्ता र लुटको फोहरी खेलमा रमाइरहे स्थिति भयावह बन्नेछ । किनकी युवाहरूले मेरो सरकार कहाँ छ भनेर सोधीखोजी गर्नेछन् ।’

१३१ औं अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा शुभकामना दिने क्रममा राप्रपा अध्यक्ष राणाले यस्तो धारणा सार्वजनिक गर्दै सरकारलाई सजग गराएका हुन् ।

शुभकामना सन्देशमा सम्पूर्ण श्रमिकहरूमा शुभकामना व्यक्त गर्दै श्रमिकहरूको हकहित, सुरक्षा र सफलताका लागि उनले ऐक्यवद्धता जाहेर गरेका छन् । ‘महामारीको कठिन घडीमा मानव समाजमाथि चुनौति ठूलो छ । समय कठिन छ, श्रमिकहरूको विशिष्ट समस्या एकजुट भएर निदान गर्नु परेको छ,’ शुभकामना सन्देश जारी गर्दै उनले भने ।

बन्दाबन्दीको समयमा अनलाइन माध्यमबाट पठनपाठन भइरहेको भन्दै शिक्षादिक्षाको क्रम सुचारू गर्न सरकारले तदरूकताका साथ सहयोग गर्नु पर्नेमा उनले जोड दिए । विद्यार्थीका लागि अनलाइन सेवा निःशुल्क गर्नु पर्ने उनको सुझाव छ ।

‘बन्दाबन्दीका कारण अनलाइन कक्षा संचालन गर्नु परेको छ । विपद्को समयमा शिक्षालाई सुचारू राख्ने नवीनतम प्रयासमा सरकारको जोडबल आवश्यक छ,’ उनले भने ।

‘पढ्ने पढाउने प्रयासमा सघाउ गर्दै विद्यालय र विद्यार्थीबीच इन्टरनेटको सुविधा सुढृद र निशूल्क बनाउन आवश्यक छ । सरकारको इच्छाशक्तिकै सवाल छ,’ उनले भने ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भनेका छन्, ‘संसारभरि करोडौ मजदूरहरुले कोरोन भाइरसको कारण रोजगारी गुमाएका छन् । आज अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा यो संकटबाट पार पाउन संसारका सबै राष्ट्रहरु मिलेर आपसी सहयोग गरि सबै मजदूरहरु को गुमेको रोजगार फेरि दिलाउन सफलता प्राप्त गर्नेछन् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

त्यस्तै अर्का अध्यक्ष कमल थापाले भनेका छन्, ‘अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना । कोभिड १९ को प्रकोपबाट सबैभन्दा बढी प्रभावित दैनिक ज्यालादारी मजदुरहरु तथा सबै श्रमजीवीहरुको हित र सुविधाको निमित्त सरकारले उदारतापूर्वक सहयोग गर्न आजको दिनले प्रेरणा प्रदान गरोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जतिसुकै सिट सङ्ख्या भएपनि यो संविधान र लोकतान्त्रिक गणतन्त्रको माओवादी संस्थापन होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै सङ्ख्या भए पनि

भूमिसम्बन्धी विधेयकमा ‘लटरपटर’ नगरौं : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई आजको संसदको कार्यसूचीबाट हटाउन

विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग

  काठमाडौँ । सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति

स्पेनमा प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका केही मानिसहरू फर्किएनन्ः सांसद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पनि