नेकपाका नेता आचार्यमाथि चन्द समूहको आक्रमण



जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले लगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिँहमाथि आक्रमण भएको हो ।

आक्रमणमा परी प्रदेशसदस्य सिँहलाई बढी चोट लागेको आचार्यले जानकारी दिए । चन्द कार्यक्रताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको छ ।

विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमाटीबाट लेखमसम्मको बाटोमा हिँड्न नदिएको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको प्रश्नः कुलमानले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनुभयो र लोडसेडिङ अन्त्य भयो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोडसेडिङ वर्षौं लगाएर अन्त्य गरेको बताएका

ओलीजी जेलदेखिकै साथी हो, उहाँलाई पूर्ण समर्थन रहन्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र

कृषिमन्त्री भन्छन्-अब कृषि अनुदानको दुरुपयोग हुँदैन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने

विपक्षीहरु सरकारविरुद्ध झुट फैलाउन केन्द्रित भएः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्याउने