काठमाडौं । भोटेकोसी विपदबारे गठित संसदीय विशेष समितिको सभापति पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीको एकल उमेदवारी परेको छ ।
समिति सभापतिको लागि भोलि दिउँसो २ बजे निर्वाचन हुँदैछ । पराजुलीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद मोहन आचार्य छन् भने समर्थकमा नेकपा एमालेका सांसद पुष्पराज कँडेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रमेश मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा र रास्वपाकी निशा डाँगी छन् ।
रसुवामा भदौ १० गते गएको विनाशकारी बाढी गएपछि असोज ५ गते संसदीय विशेष समिति गठन भएको थियो । पराजुली सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा बुधबार मात्र गरिनेछ ।

प्रतिक्रिया