काठमाडौँ । २०औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा जापान र नेपालबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।
वर्षाका कारण खेल सुरु हुनै ढिला भएको थियो। करिब एक घण्टा ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । जोरा ३२ बलमा ५७ तथा लोकेश २२ बलमा ५२ रनमा अविजित रहे। आसिफ शेखले २१ रन बनाए ।
नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा सुरु भएको थियो र पिचलाई कभरले ढाकिएको थियो। वर्षाकै कारण दोस्रो इनिङ सुरु हुनै सकेन।
यो नतिजासँगै नेपाल समूह ‘ए’ मा २ खेलमा ३ अंक जोडेर विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। अफगानिस्तान २ खेलमा २ अंकका साथ उपविजेता बन्यो । क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ। अफगानिस्तानले भारतसँग खेल्नेछ।

प्रतिक्रिया