काठमाडौँको पिङ्गलास्थानबाट ९५ लाख १७ हजार रुपैयाँसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौँबाट श्रोत नखुलेको करिव एक करोड रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार अपरान्ह काठमाडौँको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडी सडकबाट चार जनालाई ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी गाउँपालिका १ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका रहेका परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।