परोपकारस्थित पुलमुनी एक पुरूषको हत्या गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौं । काठमाडौंको परोपकारस्थित पुलमुनी एक पुरूषको हत्या भएको छ । काभ्रेको भुम्लु गाउँपालिका–१० का ४२ वर्षीय माइला भन्ने विक्रम तामाङको हत्या भएको हो ।
हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिएका छन् ।
उनकाअनुसार वैशाख १६ गते बिहान साढे ११ बजेतिर धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला फेला परेका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो ।
तर उपचारको क्रममा उनको साढे १२ बजे मृत्यु भएको थियो । प्रहरीले प्राविधिक एवं विभिन्न विधिको प्रयोग गरी हत्या आरोपी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–७ घर भई डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरेको छ ।