उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छः सांसद राणा



काठमाडौँ । सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्लेख गर्दै अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिए ।

“उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ । विद्युत् उत्पादन बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न जरुरी छ”, उनले भने, “हालसम्म भएको सम्झौताअनुसार १० हजार मेगावट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको छ । यसबाहेकको विद्युत् कहाँ निर्यात गर्ने भन्नेबारे सदनलाई जानकारी गराउनुपर्छ ।”

सांसद मेटमणि चैधरी र वीरेन्द्रप्रसाद महतोले विगतमा शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरे । लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन झन्झटिला प्रावधान हटाउनुपर्नेमा उनले जोड दिए ।

सांसद रामप्रकाश चौधरीले जनकपुर र वीरगञ्जको बीचमा नदीमा पुल बनाउन बजेट अभाव भएकाले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राख्न सरकारसँग माग गरे ।

सांसद प्रेम सुवालले शिक्षकहरुसँग सम्झौता गर्ने तर कार्यान्वयन नहुँदा समस्या भएको बताए । “सम्झौता गर्दा मुलुकलाई पर्ने आर्थिक भारबारे पहिला नै ख्याल गर्नुपर्छ”, उनले भने । सहकारी पीडितका समस्या समाधान गर्न समेत सांसद सुवालले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उर्जामन्त्रीको गुनासोः विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, अनि हामी कहाँ बत्ती गयो भन्छन्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था

रविको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको

५०० रूपैयाँ र १ हजार दरका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीशबाट शपथ

यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम

गण्डकी। ‘प्रिमनसुन’ अवधिमा भइरहेको वर्षाले यस वर्ष गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका