कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु



पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चट्याङ लागेर संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविर राई र १८ वर्षीय महेश राईको मृत्यु भएको हो ।

कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो करिब १ बजेको समयमा परेको चट्याङले उनीहरूको ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

गभर्नर सिफारिस समिति पुनर्गठन

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ बसेको

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर