टिकटक बनाउन बोलाएर रौतहटमा यसरी भयो बालकको हत्या(भिडियो)



रौतहट । रौटहटमा टिकटक बनाउन बोलाएर एक बालकको गोली हानी हत्या भएको छ । वैशाख ६ गते रौतहटको वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर बोलाइ हत्या भएको पाइएको हो ।

प्रहरीकाअनुसार यादवलाई फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाएका थिए । अपरान्ह ४ बजे घरबाट भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका–८ को चाँदी खोलामा जाने क्रममा गढीमाई मन्दिर नजिक पुगेपछि उनलाई २५ वर्षीय नागेन्द्र सहनी र साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनीले बालक यादवलाई कब्जामा लिएर चाँदी खोलातर्फ लगेका थिए ।

दुवै परिवारबीच पुरानो रिसिइबी रहेको पाइएको छ । सोही रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसिइबीका कारण टिकटक बनाउने बहानामा कृष्णलाई बोलाएर छातीमा २ राउन्ड गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल खरिद गर्ने विकास पटेल र ग्यारेजका मालिक अनिल साहलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषामा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दाबढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा

काठमाडौँको सुनधारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँस्थित सुनधारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको

बजेटबारे चेम्बरले दियो सरकारलाई १०१ सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय

तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू