एमाले सांसदको प्रश्नः जनताको प्रतिनिधिले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताका आधारमा विदा गरेको श्री ३ किन फर्किँदैन ?



काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा फर्काउन भए पशुपतिशम्सेर राणालाई श्री ३ बनाएर फर्काउन प्रस्ताव गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले यस्तो प्रस्ताव राखेका हुन् । उनले पूर्वराजालाई फर्काउने भए पशुपतिशम्सेर पनि न्याय दिनुपर्ने बताए ।

उनले भने, ’ज्ञानेन्द्रको नाती हृदयन्द्रलाई श्री ५ बनाएर फर्काउने भए मोहनशमशेरको नाती पशुपतिशमशेर जंगबहादुर राणालाई श्री ३ फर्काउँ । राप्रपाले उहाँलाई पनि न्याय गर्नुपर्यो ।’

उनले अहिले आएर जनताको प्रतिनिधिले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताका आधारमा विदा गरेको श्री ३ किन फर्किँदैन? भन्ने प्रश्न गरे ।

उनले त्रिभुवन, नेहरु र मोहनशमशेरको बीचमा सम्झौताबाट नेपालबाट श्री ३ बिदा भएको र २०६५ साल जेठ १५ गते जनताको निर्विचत संविधान सभामार्फत नेपालबाट श्री ५ समाप्त भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाको हल्दीबारीमा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास

सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका