पहलगाममा भएको आतंकवादी आक्रमण ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीतको अपराध कर्मः पूर्वराजा शाह



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

शाहले शनिबार विज्ञप्ति जारी गरी उक्त आक्रमणमा धेरै हिन्दू यात्रीहरूको ज्यान गएको घटनाले आफू अत्यन्त दुःखी भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरूको दुःखद् निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ । यो घटनामा परी ज्यान गुमाएका एक नेपाली सहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली । साथै मृतकजनका सबै शोकसन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना ।’

‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीत यस्ता अपराध हुनु पाप कर्म रहेको शाहले बताएका छन् । यस्तो घटनाको विश्वव्यापी भत्र्सना र निन्दा हुनुपर्ने आफ्नो धारणा रहेको पूर्वराजाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषामा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दाबढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा

काठमाडौँको सुनधारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँस्थित सुनधारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको

बजेटबारे चेम्बरले दियो सरकारलाई १०१ सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय

तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू