साँफेबगरको हाटबजारमा भीषण आगलागी, १० पसल जेलर नष्ट



अछाम । अछामको साँफेबगरमा भएको आगलागीबाट १० पसल जलेर नष्ट भएका छन् । शनिबार बिहान भएको आगलागीबाट साँफे हाटबजार पुरानो बसपार्क सँगै रहेका १० पसल जलेर नष्ट भएका छन् ।

बिहान साढे तीन बजेको समयमा शुभेच्छा म.म. सेन्टरमा विद्युत सर्ट भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गंगबहादुर कुँवरको कालभैरव जनरल स्टोर, मकर कुँवरको रिभरसाईड नास्ता पसल, टीका कुँवरको ब्युटीपार्लर, ज्ञानेन्द्र कुँवरको डाक मोवाईल ग्यालरी, दिक सुनारको कालभैरव सुनचाँदी पसल, भीम कुँवरको रोडसाईड रेष्टुरेन्ट, सुमन कुँवरको इभी. काउन्टर, किशोर भाटको नास्ता पसल र सुरेश कुँवरको सितल होटलमा क्षति पुगेको छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको थियो ।

फोटोः तारामान खड्काको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनको भरतपुरमा बाबुले गरे आफ्नै छोरी र भतिजको हत्या

चितवन । चितवनमा एक व्यक्तिले शुक्रबार धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ, तर हामीले असर भने धेरै भोगिरहेका छौँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता

जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएका

निजामती सेवा विधेयक राज्य व्यवस्था समितिबाट पारित, अवकाशको उमेर ६० वर्ष

काठमाडौँ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवामा रहने कर्मचारीको उमेर