दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रणबाहिर



घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको उनले बताए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउन खटिएका छन् ।

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । आगलागीको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका महामन्त्री धवलशम्सेर राणा रिहा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणा रिहा भएका छन् ।

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा धामी नियुक्त

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी

कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मलेखु (धादिङ) । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा आज एक

बज्रयान महाविहारका दाताहरूलाई उपप्रधानमन्त्री सिंहद्वारा सम्मान

काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुद्धजन्मभूमि लुम्बिनीमा नेपाली वास्तुकलाको अनुपम