माओवादी केन्द्रले भन्यो-सांसदलाई बन्धक बनाइनु लज्जास्पद



काठमाडौं । नेकपा माओवादी केन्दले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले सरकारले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरेको हो । तर बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा भने छलफल नगरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले गठबन्धनभित्र मन्त्रालयको टुंगो नै लगाउने काम नभएकाले पार्टी भित्रबाट कुन व्यक्तिलाई पठाउने भन्ने विषयमा छलफल नभएको बताए । उनले १/२ दिन भित्र सरकारले पूर्णता पाउने गरी गठबन्धनभित्र छलफल हुने बताए ।

बैठकले सत्तारुढ गठबन्धन कार्य दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरेको छ । त्यसैगरी माओवादी केन्द्रले सुकुम्बासी, भूमिहीन किसान, दलित, अव्यवस्थित बसोबासको समस्या समाधान तथा कार्यान्वयन गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठन गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।

सरकारले केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमि सम्बन्धि समस्या समाधान गर्न गठित आयोग खारेज गरेपछि माओवादी केन्द्रले उच्चस्तरीय आयोग तत्काल गठन गरी सो समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको हो ।

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका आफ्नो पार्टीकी सांसद विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको घटनाप्रति आपत्ति जनाउँदै घोर निन्दा र भत्र्सना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रविधिमैत्री बन्दै नेपाली खेलकुद : सातदोबाटोमा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ उद्घाटन(फोटोफिचर)

काठमाडौं । नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ औपचारिक

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको

उपल्लो मुस्ताङमा बाढीले क्षति पुर्याएको कुलो तथा सडकलगायतका संरचना मर्मत सुरु

मुस्ताङ  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्याएको

सात महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन्