चीन र नेपालबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउनुपर्छः चिनियाँ प्रधानमन्त्री



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा चीनका प्रधानमन्त्री ली खछ्याङले हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेका छन् । चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई बुधबार बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताएका हुन् ।

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यसविरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन चीन क्रियाशील रहने उल्लेख गरेका छन् । साथै उनले पारस्परिक हितका खातिर काम गर्न तथा चीन र नेपालबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ तुल्याउँदै नयाँ उचाइ चुम्ने अभिलाषा प्रकट गरेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई उक्त मन्त्रालयमार्फत आफ्ना प्रधानमन्त्रीको सन्देश आजै परराष्ट्रका अधिकारीलाई बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

काठमाडौंमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक

राखेपलाई प्रधानमन्त्रीको निर्देशनः ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउनुस्

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि