ओली नेतृत्वको सरकारले देशलाई अँध्यारो सुरुङमा धकेल्ने काम गर्योः बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भष्मासुर प्रवृत्ति लोकतन्त्रका लागि समस्या भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै भट्टराईले ओलीले दुई दुई पटक संसद विघटन गरेर ठूलो कलंक गरेको आरोप लगाएका हुन् । उनले संविधानको अवमूल्यन नगर्न आग्रह गरे ।

उनले भने, ‘भष्मासुर प्रवृत्तिले आधा गिलासलाई पनि घोप्ट्याएको थियो। तर सर्वोच्च अदालतले सही बाटोमा ल्याइदिएको छ ।’ ओलीलाई भष्मासुरको संज्ञा दिँदै भट्टराईले बालुवाटारबाट बिदा हुँदा सडकमा गरिएको तामझामले उनलाई झनै नाङ्गो बनाएको पनि दाबी गरे ।

उनले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देशलाई अँध्यारो सुरुङमा धकेल्ने काम गरेको पनि आरोप लगाए । भट्टराईले आफ्नो पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको बताए । वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीमा पनि समस्या देखिएको बताए । उनले भने, ‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो । हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैंले निकास दिन सक्थ्यौं, हामी आपसमा झगडा गर्न थाल्यौं, फेरि हाम्रा साथीहरु ठीक ठाउँमा आउनुभयो ।’

भट्टराईले प्रतिगमनकारीको खड्ग प्रहारबाट मुर्छित बनेको प्रतिनिधिसभा र मुर्छित बनेका सांसदहरु फेरि ब्युँतिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली। मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान

हस्ताक्षरपछि मनिषाले भनिन्-पक्कै पनि रविमाथि राज्यबाट दुर्व्यवहार भइरहेको छ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर

‘सुप्राग्लेशियल’ ताल फुट्दा रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन