शनिबारदेखि मनसुन सक्रिय हुने



काठमाडौं । शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना औँलयाइएको छ । देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानका हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २.२ मिलिमिटर वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा

मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु

देउखुरी । दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई

बबई नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

दाङ । दाङको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै