प्रचण्डले देउवासँग छलफल गरी मन्त्रीको नाम टुंगो लगाउने



काठमाडौँ । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मन्त्रीको टुंगो लगाउने भएको छ । मंगलबार बिहान पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा नयाँ सरकारमा कसलाई पठाउने भन्नेबारे छलफल भएको थियो ।

नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवासँग छलफल गरेर मात्रै मन्त्रीको टुंगो लगाउने बैठकमा कुरा भएको जानकारी दिए । उनले सर्वोच्च अदालतबाट आएको फैसला कार्यान्वयन गर्न सबै राजनीतिक पार्टी र शक्तिलाई राष्ट्रिय सहमतिमा लगेर एकताबद्ध गर्ने बताए ।

अध्यक्ष प्रचण्डले देउवासँग सरकार सञ्चालनको निम्ति आवश्यक विविध विषयहरुमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपबारे ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको प्रक्रियालाई पहल गर्ने श्रेष्ठले बताए । माओवादी केन्द्रका अध्यक्ष दाहाल स्थायी कमिटीको बैठक सकेर देउवासँग छलफल बूढानीलकण्ठ पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रसुवामा सुरक्षाकर्मीले पदमार्ग बनाए यसरी पठाउँदैछन् बाढी प्रभावितलाई सुरक्षित स्थानमा(फोटोफिचर)

काठमाडौं । असार २४ गते मध्यरातमा भोटेकोशीमा आएको बाढी कारण पूर्ण रुपमा बन्द

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको

उपल्लो मुस्ताङमा बाढीले क्षति पुर्याएको कुलो तथा सडकलगायतका संरचना मर्मत सुरु

मुस्ताङ  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्याएको

मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली। मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान