कांग्रेसको ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी



काठमाडौं । नेपाली कांग्रेसले देशभरका ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गोे लगाउन बाँकी रहेको जनाएको छ । पार्टीको आगामी भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशील सदस्यतामा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५५ निर्वाचन क्षेत्रको टुङ्ग्याउन बाँकी रहेको जनाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा देशभरको ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशील सदस्यताको नामावली दर्ता भइसकेको छ । पार्टीद्वारा गठित क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुङ्गो लगाउने कामलाई तीव्रता दिएसँगै ११० निर्वाचन क्षेत्रको टुङ्गिएको हो ।

समितिका प्रवक्ता एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशभरका ६४ जिल्लाको ११० निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गोमा पुर्याई सकिएको जानकारी दिए । क्रियाशील सदस्यता विवाद रहेका देशभरका ५५० वडामध्ये ३०० भन्दा बढी वडाको विवाद टुङ्गो लागिसकेको छ ।

पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले द्रुत गतिमा काम गरिरहेकाले यही असार मसान्तभित्र सबै क्रियाशील सदस्यता विवाद टुङ्गोमा पुर्याइने प्रवक्ता पौडेलले बताए । कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि अगामी साउन १२ मा वडा समितिको अधिवेशन, साउन १६ मा गाउँ नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ ।

यसैगरी आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थक वर्ष २०८०/८१ को तुलनामा गत

जोमसोमदेखि धार्काजुङसम्म आठ किलोमिटर लामो साइकल ट्रेल निर्माण

मुस्ताङ। मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन

चितवनमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर । चितवनमा ट्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । रत्ननगर

सुरुमा गति लिएपनि अहिले सरकार बरालियोः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत