जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रिय जनता पार्टीका तत्कालिन् उपाध्यक्ष राजकुमार थापाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा निर्वाचन आयोग र तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र हालको जनता समाजवादी पार्टीलाई विपक्षी बनाइएको छ । पार्टी एकीकरण प्रारम्भदेखिनै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन र कानुन विपरित भएको भन्दै एकीकरण बदर गरी पहिलेकै राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल कायम गराइदिन रिटमा माग गरिएको छ । गैर संवैधानिक र ऐन, नियम विपरित दल एकीकरण गर्ने निर्णय खारेज हुनु पर्ने माग गरिएको छ।

संवैधानिक एवं कानूनी व्यवस्थाको विपरित कुनै पनि दल राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने भन्दै त्यसो गरेमा कारबाहीको भागिदार हुने व्यवस्था रहेकाले सोही व्यवस्था अनुसार बदर गर्न माग गरिएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै कामकारबाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन माग गरिएको छ।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच १० वैशाख २०७७ मा एकता घोषणा भएको थियो। पछिल्लो समय जसपा फुटको संघारमा छ। जसपाको आधिकारिता विवाद निर्वाचन आयोग पुगेको छ। आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाउँदा उनीहरूले मिल्न नसक्ने पत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि आयोगले यो विवाद टुंग्याउन इजलास गठन गरेको छ । यस विषयमा आयोगले छिट्टै निर्णय गर्ने बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीद्वारा नौ लाख ४७ हजार मूल्य पर्ने कपडा बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले शुक्रबार भन्सार छली गरेर ल्याएको नौ लाख

‘मेरा पनि छोराछोरी छैनन्, सायद मैले समयमै बिहे नगरेर पनि होला’

-केपी शर्मा ओली । कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या

कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोग अतुलनीयः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली

आगामी दिनमा पूर्वराजालाई ‘श्री ५’ नलेख्ने शर्तमा ज्ञानेन्द्रका संवाद सचिव रिहा

काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई आगामी दिनमा