क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ ?
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने प्रक्रियाबाट पछिहट्न सरकारसँग माग गरेका छन् । उनले आइतबार सार्वजनिक अपील जारी गर्दै निजीकरणको गलत प्रक्रियाबाट सरकार पछि हट्न र यस कार्यमा संलग्नलाई कारबाहीको दायारामा ल्याउन माग गरेका हुन् ।
भट्टराईले निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी कामचलाउ सरकारले प्रपञ्च रचेको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘यसको भित्री अभिष्ट भनेको नजिकका दलाल पुँजीपतिहरुलाई नै संस्थान पोष्नु रहेको छ। क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ । उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त सह्य छैन।’