‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी जहाज बेइजिङ जाँदै



काठमाडौं । कोभिडविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी जहाज बेइजिङ जान लागेको हो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझ चीन प्रस्थान गर्ने जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याइपुर्याउने छ । यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

पहिलो खेप ल्याइसकेपछि मात्र नेपाल आएको खोपको मात्रा एकिन हुने उनको भनाइ छ । खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रविधिमैत्री बन्दै नेपाली खेलकुद : सातदोबाटोमा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ उद्घाटन(फोटोफिचर)

काठमाडौं । नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ औपचारिक

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको

उपल्लो मुस्ताङमा बाढीले क्षति पुर्याएको कुलो तथा सडकलगायतका संरचना मर्मत सुरु

मुस्ताङ  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्याएको

सात महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन्