निर्वाचन आयोगले जसपा विवादमाथिको सुनुवाइ साउन ३ गते गर्ने



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा इजलास गठन गरेको छ ।

आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले इजलास गठन गर्ने निर्णय गरेको हो । इजलासमा थपलियासहित आयुक्तहरु ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा रहेका छन्।

बैठकले जसपा विवादमाथिको सुनुवाइका लागि आगामी साउन ३ गते बिहान ११ बजे दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ। बहसका लागि कानुन व्यवसायीको बहस नोट माग गर्दै दुवै पक्षलाई पत्राचार गरिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिएका छन् ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो । आयोगले दुवै पक्षलाई मंगलबार बोलाएर सहमति जुटाउने प्रयास गरेपनि दुवै पक्षले मिलेर जान अस्वीकार गरेपछि दलको आधिकारिकताको सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चरोमुसोले पनि नपढ्ने कोर्स पढ्न १५-२० लाख खर्चेर विदेश आउनु बुद्धिमानी होइन

-नारायण गाउँले । कृपया तीन पल्ट सोच्नुहोला । पहिलो त शारीरिक र मानसिक

बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र

तिवारीद्वारा एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नवलपरासीको गैंडाकोटमा जन्मिएर अष्ट्रेलियाको एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका युवा

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।