खोलाले गाडी बगाउँदा पर्वतमा तीन जना बेपत्ता



पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गएरातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु र अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । बाढीले तीन वटा घर पनि बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई वर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाउने प्रस्ताव एमाले सचिवालय बैठकबाट अनुमोदन(भिडियो)

काठमाडौं । नेकपा एमालेले दुई वर्षको कार्यकाल र ७० वर्षको उमेर हद हटाएको

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ बनाउने सहमति

काठमाडौं । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थक वर्ष २०८०/८१ को तुलनामा गत

जोमसोमदेखि धार्काजुङसम्म आठ किलोमिटर लामो साइकल ट्रेल निर्माण

मुस्ताङ। मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन