संसदले सत्ता चलाउन अयोग्य भनिसकेपछि ओलीलाई फेरि नियुक्ति गलतः वरिष्ठ अधिवक्ता वैद्य



काठमाडौं । वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रतिनिधिसभामा विश्वास गुमाइसकेका व्यक्तिलाई अर्को उपधाराअनुसार प्रधानमन्त्रीमा नियुक्ति गरेर राष्ट्रपतिले गल्ती गरेको बताएका छन् ।

सोमबार संवैधानिक इजलासलाई एमिकस क्युरीकातर्फबाट राय दिँदै वैद्यले ७६ (२) को प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाएपछि उनी पदबाट हटेको र ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्ति गर्नै नमिल्ने दाबी गरेका हुन् ।

संसदले सत्ता चलाउन अयोग्य भनिसकेपछि उनको हैसियत यो राष्ट्रलाई चिनाउनुपर्ने भन्दै वैद्यले राष्ट्रपतिले अर्को अवतारमा आएको जसरी अर्को उपधाराअनुसार नियुक्त गर्नु गलत भएको बताए ।

विश्वासको मत गुमाएको प्रधानमन्त्रीको निकास के हो भन्ने राष्ट्रपतिले बुझ्नुपर्ने उल्लेख गर्दै वैद्यले राष्ट्रपतिले निकास नै नखोजेको बताए। पदमुक्त भएको प्रधानमन्त्रीको सट्टामा अर्को व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने राय दिँदै उनले नयाँ अवतारमा लगेर प्रधानमन्त्री नियुक्त गर्नै नमिल्ने दाबी गरे।

उनले भने, ‘अविश्वास भइसकेपछि उहाँलाई सत्तामा बस्न पाउँदैनौ भनेको हो, अर्को उपधाराअनुसार फेरि आउ भनेको होइन । फैसला हुँदा यो कुरा पनि स्मरण गराइयोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र

तिवारीद्वारा एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नवलपरासीको गैंडाकोटमा जन्मिएर अष्ट्रेलियाको एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका युवा

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

यसरी भासिएको छ दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोला नजिकै सडक

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने–बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ । खुर्साने खोलानजिकै सडकको