संविधान र राजनीतिक व्यवस्था बचाउन लागेका सांसदहरूलाई कारबाही हुन सक्दैनः रमण श्रेष्ठ



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस शुरु भएको छ । जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले संविधान र संसद् जोगाउनका लागि पार्टी नभनेर सरकार गठनमा लाग्ने सांसदलाई कारबाही हुन नसक्ने बताएका छन् ।

उनले संविधानको धारा ७६ को उपधारा ५ ले सांसदहरूका लागि सरकार बनाउने अन्तिम अवसर विशेष रूपमा दिएको तर्क गर्दै उक्त व्यवस्थाअनुसार सरकार गठनमा मतदान गर्न सांसदहरूलाई स्वन्त्र रूपमा अधिकार हुने बताए । उनले सांसदहरू संविधान र राजनीतिक व्यवस्था बचाउनका लागि सांसदहरूले दल र पदभन्दा देश ठूलो हो भनेर सरकार बनाउन सक्ने बताए ।

उनले भने, ‘पद भन्दा देश ठूलो हो, यसलाई बचाउन सरकार बनाउनुपर्छ भनेर सांसदहरू जान सक्छन् । राष्ट्रपति संविधानबाहिर जाँदा महाभियोग नलाग्ने तर संविधान र संसद् बचाउन सांसदले अग्रसर लिँदा कसरी कारबाही हुन्छ ?’ संविधानको धारा ७६ को उपधारा ५ मा राजनीतिक दल नलेखेको भन्दै श्रेष्ठले त्यो प्रतिनिधिसभालाई विशेषाधिकार भएको बताए ।

प्रधानमन्त्रीबाट राजीनामा नदिइ र विश्वासको मत नलिइ नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिलाई सिफारिस गरेको र वैकल्पिक प्रधानमन्त्रीमा पनि आफैले दाबी गरेर प्रधानमन्त्री ओलीले दुराशय राखेको र त्यसको व्याख्या हुनुपर्ने श्रेष्ठको माग थियो ।

विपक्षीका कानुन व्यवसायीले प्रधानमन्त्री ओलीले बाध्यतामा परेर प्रतिनिधिसभा विघटन सिफारिस गरेकाले दुराशयको प्रश्न नउठ्ने तर्क गरेका थिए । रिट निवेदकका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले प्रतिउत्तर बहस गर्नेछन् ।

उनीहरूका लागि ४०/४० मिनेट समय निर्धारण गरिएको छ । प्रतिउत्तर बहस सकिएपछि चार जना एमिकस क्युरीले उक्त मुद्दामा राय दिनेछन् र सुनुवाइ सकिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि संविधानको धारा ७६ को उपधारा ५ का लागि देउवा र ओलीको दाबीलाई राष्ट्रपतिले अस्वीकार गरेकी थिइन् ।

प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको कदम र प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवासहित १ सय ४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि संवैधानिक इजलासमा असार ९ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको

उपल्लो मुस्ताङमा बाढीले क्षति पुर्याएको कुलो तथा सडकलगायतका संरचना मर्मत सुरु

मुस्ताङ  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्याएको

मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली। मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान

हस्ताक्षरपछि मनिषाले भनिन्-पक्कै पनि रविमाथि राज्यबाट दुर्व्यवहार भइरहेको छ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर