यस्तो छ नारायणघाट–मुग्लिङ्ग सडकको अवस्था(फोटोफिचर)
चितवन । नारायणघाट–मुग्लिङ्ग सडकखण्डको वीस किलो भन्ने ठाउँमा शुक्रबार साँझ फेरि भीषण पहिरो गएको छ । सडक विभागमा इन्जिनियर शिव खनालका अनुसार साँझ ६ बजे भीमकाय ढुंगासहितको ठूलो पहिरो गएको छ ।
आज राति पहिरो फालेर सडक संचालन गराउने अवस्था नभएको र भोलि बिहानैदेखि पहिरो पन्छाउने काम सुरु हुने खनालले बताए । उनले पहिरो पन्छाउन करिव ६ घण्टा लाग्ने उनले बताए ।
फोटोः शिव खनाल, इन्जियिनर