नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना



काठमाडौं । नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच बुधबार कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ ।

दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा बुधबार भएको सक्षिप्त कार्यक्रममा हस्ताक्षर गरे ।

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशलाई अवगत गराउने संयुक्त जानकारीपत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गरेको उक्त नियोगले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र

तिवारीद्वारा एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नवलपरासीको गैंडाकोटमा जन्मिएर अष्ट्रेलियाको एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका युवा

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

यसरी भासिएको छ दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोला नजिकै सडक

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने–बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ । खुर्साने खोलानजिकै सडकको