रौतहटका दुई मेयरलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

मंगलबार सर्वाेच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले साह र कुशवाहलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गर्दै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । नेकपा (माओवादी केन्द्र) छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको र राजीनामा दिएको यकिन नभएको भन्दै तत्काल निर्णय कार्यान्वयन नगर्ने भनेको हो ।

माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो। माओवादीको पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रसुवामा सुरक्षाकर्मीले पदमार्ग बनाए यसरी पठाउँदैछन् बाढी प्रभावितलाई सुरक्षित स्थानमा(फोटोफिचर)

काठमाडौं । असार २४ गते मध्यरातमा भोटेकोशीमा आएको बाढी कारण पूर्ण रुपमा बन्द

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको

उपल्लो मुस्ताङमा बाढीले क्षति पुर्याएको कुलो तथा सडकलगायतका संरचना मर्मत सुरु

मुस्ताङ  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्याएको

मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली। मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान