इन्द्रावतीको बाढीले ढल्यो तीन तले घर
मेलम्ची। इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची ११ का गोपाल दुलालको ३ तले घर ढलेको छ। खोलाको बहाव बढेपछि शनिबार बिहान दुलालको तीन तले घर बगाएको हो ।
वर्षा सुरु भएपछि बाढी र पहिरोले मेलम्ची बजार डुबानमा परेको छ भने धेरै जना विस्थापित भएका छन् ।
फोटोः देवराज सुवेदीको फेसबुकबाट