विपतमा परेकाहरुको उद्धार र राहतकारी व्यवस्था मिलाउन पूर्वराजाको आग्रह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र प्राकृतिक विपत्ति न्यूनिकरणका लागि जिम्मेवार बन्न सम्वद्ध सबैलाई आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी पूर्वराजा शाहले हालै देशभर बाढी पहिरोले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला मनसुनको प्रारम्भमै ठूलो धनजनको क्षति हुने गरि आएको बाढी पहिरोसहितका प्राकृतिक विपत्तिबाट आफू दुःखी भएको विज्ञप्तिमा उल्लेख छ ।