बाढीपहिरोले मेलम्चीको विजोग(फोटोफिचर)



काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी पहिरोले ठूलो क्षति गरेको छ । स्वास्थ्य तथा जन संख्यामन्त्री शेरबहादुर तामाङका अनुसार मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५० औँ जना बेपत्ता भएका छन् ।

बाढीले मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल बगाएको छ ।

नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बौंको क्षति पुर्याएको छ । उनले यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहतमा जुटन अपील गरेक छन् । प्रहरीका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ । ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् ।

फोटोः सुशील सुवेदी र आदित्य दाहालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र

तिवारीद्वारा एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नवलपरासीको गैंडाकोटमा जन्मिएर अष्ट्रेलियाको एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका युवा

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

जतिसुकै सिट सङ्ख्या भएपनि यो संविधान र लोकतान्त्रिक गणतन्त्रको माओवादी संस्थापन होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै सङ्ख्या भए पनि