मेलम्ची नदीमा भीषण बाढी, केही मानिस वेपत्ता भएको आशंका (भिडियोसहित)
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको मेलम्ची नदीले हेलम्बु २ तिम्बु, किउल, चनौटे, ग्याल्थुम र मेलम्ची आसपासका ट्राउट फर्म रिसोर्टसहित केही घर बगाएको छ ।
स्थानीयका अनुसार बाढीले जताततै पुल सडक बगाएको छ भने मेलम्चीको सिटी पार्क, आमाह्यल्मो बसपार्क बगाएको छ । मेलम्चीको झोलुङ्गे र पक्की पुलमा बाढी पसेको छ । बाढीले मेलम्ची खानेपानी सुरुङको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षति भएको खबर छ । मानवीय क्षति निकै भएको स्थानीयले अनुमान गरेका छन् ।
अहिले पानीको बहाव झनै बढेर मेलम्ची स्थित मेलम्ची पार्क भित्र रहेको मन्दिर समेत पुरिएको अवस्था छ । लार्केमा खसेको पहिरोका कारण नदीको बहाव तिपेनी बजारमा पसेको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रमा भीषण बाढी आइरहेको छ ।