काठमाडौं महानगरले बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीबार प्रस्तुत गर्ने भएको छ । चालु आर्थिक वर्षमा जस्तै यस वर्ष पनि कोरोना महामारी नियन्त्रण र यसले पारेको प्रभावलाई सहजीकरण गर्ने कार्य मुख्यरूपमा समेटिएका छन् ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, ‘चालु आवमा सञ्चालनमा रहेका तर विभिन्न कारणले गर्दा पूरा हुन नसकेका आयोजना पूरा गर्ने विषय पनि नीति कार्यक्रमको मुख्य विषय रहेको छ । त्यसैगरी कोरोनाले गर्दा आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा पर्न गएको समस्यालाई सहजीकरण गर्ने कार्य पनि प्रमुखरूपमा कार्यक्रममा समावेश भएको छ । असार ३ गते नीति कार्यक्रम ल्याउनका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ६१औँ कार्यपालिका बैठक सम्पन्न भइसकेको छ ।’

प्रमुख शाक्यले आउँदो वर्षका लागि गर्नुपर्ने कामलाई योजनाका रूपमा सङ्कलन गरी वडा समितिका बैठकबाट प्राथमिकीकरण गरेर पठाउन ३२ वटै वडाका वडाध्यक्षलाई आग्रह गरेका छन् ।

चालु आर्थिक वर्षमा पनि कोरोना महामारी रहेकाले नीति कार्यक्रम र बजेट नै महामारी नियन्त्रण र यसले पारेको समस्या समाधानमा केन्द्रित रहेको थियो ।चालु आवका लागि कामपाले १५ अर्ब ५० करोडको बजेट विनियोजन गरेको थियो । सोमध्ये भौतिक पूर्वाधार क्षेत्रमा तीन अर्ब ९५ करोड रहेको थियो । अहिलेसम्ममा पूर्वाधार क्षेत्रको २५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थक वर्ष २०८०/८१ को तुलनामा गत

जोमसोमदेखि धार्काजुङसम्म आठ किलोमिटर लामो साइकल ट्रेल निर्माण

मुस्ताङ। मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन

चितवनमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर । चितवनमा ट्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । रत्ननगर

सुरुमा गति लिएपनि अहिले सरकार बरालियोः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत