कसैले चोइट्याउन खोज्यो भने ऊ एक्लिएर जाला तर पार्टी फुट्दैनः माधव नेपाल



काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विधि र पद्धतिको पालना नगरी आफूलाई सर्वोपरी ठान्ने नेतृत्व आफैं पतन भएर जाने बताएका छन् । ४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले विधिको पालना गरी संगठनलाई सुचारु गर्न सके मात्र सबै कुरा गति र स्वभाविक प्रकृयामा अघि बढ्ने बताएका हुन् ।

उनले आफूलाई मात्र केन्द्रविन्दुमा राखेर दुनियाँमा कसैको केही अर्थ छैन भन्ने ठान्न थालेमा त्यस्तोे व्यक्ति र प्रवृतिको पतन हुने बाहेक अर्को बिकल्प नभएको बताए ।

उनले कम्युनिष्ट पार्टी फुट्छ की भन्ने चिन्ता नलिन पनि नेता कार्यकर्तालाई आग्रह गरे । कसैले पार्टी फुटाउन खोजे ऊ एक्लिएर जाने तर पार्टी कहिले पनि नफुट्ने उनको भनाई थियो । उनले भने, ‘पार्टी फुट्नेवाला छैन । कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर पार्टी फुटेर जानेवाला छैन । फुट्नेवाला छैन । कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भनेपनि डरले थरथर काप्नुपर्ने आवश्यकता छैन ।’

उनले पार्टीका लागि व्यक्ति प्रधान नभएर विधि र पद्धति प्रमुख कुरा भएको बताए । विधि र पद्धतिको आधारमा सबैले पार्टी बहुमतले गरेको निर्णय मान्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

गभर्नर सिफारिस समिति पुनर्गठन

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ बसेको

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर