मंसिरमा महाधिवेशन गर्ने विषयमा मेरो सहमति छैनः प्रचण्ड



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने विषयमा आफ्नो सहमति नभएको बताएका छन् । आइतबार बिहान खुमलटारस्थित आफ्नै निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने विषयमा आफ्नो असहमति रहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको समस्या समाधानका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपनि त्यस बिषयमा आफू सहमत नभएको नेताहरुलाई ब्रिफिङ गरेका हुन् । प्रचण्डले बाहिर आफूले पनि मंसिरमा महाधिवेशन गर्ने भन्नेबारे सहमति गरिसकेको भन्ने समाचारहरु आएपछि आफ्नो सचिवालयमार्फत कुनै सहमति नभएको जानकारी समेत गराएका थिए ।

शनिबारको सचिवालय बैठकमा मंसीरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा प्रचण्डले समर्थन जनाएपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए । प्रचण्डले यसरी महाधिवेशनको प्रस्ताव अल्झाउने, स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न भएको बताएका छन् ।

आइतबार नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्टलगायत र दाहाल निकट स्थायी कमिटी सदस्य बर्षमान पुन, पम्फा भुसाल र देव गुरुङलगायत खुमलटार भेलामा सहभागी थिए ।
नेकपाको आइतबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक पनि साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न

झापाको हल्दीबारीमा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास