भ्रममा नपरौं, दुई अध्यक्षबीच कुनै सहमति भएको छैनः प्रचण्डको सचिवालय



काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दुई अध्यक्षबीच कुनै सहमति नभएको स्पष्ट पारेको छ । सचिवालयका तर्फबाट गंगा दाहालले शनिबार सामाजिक संजालमार्फत दुई अध्यक्षबीच कुनै सहमति नभएको जानकारी गराएकी हुन् ।

उनले लेखेकी छन्, ‘आज अध्यक्षद्वय बीच भएको छलफल पछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न बिषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनैपनि बिषयमा सहमति भएको छैन र सम्पूर्ण बिषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’

दुई अध्यक्षबीच मंसिरमा महाधिवेशन गर्ने तथा माधव नेपाललाई बाइपास गर्ने लगायतका विषयमा सहमति भएको भन्दै समाचार सार्वजनिक भएपछि प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको हो । शनिबार बसेको सचिवालय बैठकमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल भएपनि सहमति भने नजुटेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठक लगत्तै दुवै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिले दुवै अध्यक्षलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछः नवनियुक्त गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई

उर्जामन्त्रीको गुनासोः विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, अनि हामी कहाँ बत्ती गयो भन्छन्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था

धार्मिक पर्यटनमार्फत समृद्धिको सम्भावना

-शैलेन्द्रकुमार श्रेष्ठ नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र

रविको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको