भारतको बनारसमा विश्व हिन्दू सेनाले केस मुण्डन गरेका व्यक्ति नेपाली नभएको खुलासा



काठमाडौं । भारतको बनारसमा विश्व हिन्दू सेनाले केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलेको छ । बाराणसी प्रहरीका अनुसार उनी भारतीय नागरिक नै भएका र उनले पैसा लिएर अभिनय गरेका थिए । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा हालेको थियो ।

भिडियोमा केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दाबादको नारा लगाउन समेत लगाइएको थियो । भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो । शनिबार बाराणसी प्रहरीले उनलाई भेटाएको छ ।

र, पीडित भनिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको बताएको छ । घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ । विश्व हिन्दू सेना बनारसमा पनि खासै नाम नसुनिएको समूह हो। वाराणसी प्रहरीका अनुसार अरुण पाठक त्यसका नेता हुन्। तर उक्त सङ्गठनको पर्चामा त्यो कतै दर्ता भएको सङ्केत देखिँदैन।

उक्त समूहले ओलीविरुद्ध ललिताघाटस्थित नेपाली मन्दिरसहित बनारसका विभिन्न स्थानमा पोस्टर टाँसेको थियो। त्यसमा ओलीले रामबारे गरेको अभिव्यक्ति फिर्ता नलिए भारतमा बस्ने नेपालीले परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषामा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दाबढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा

काठमाडौँको सुनधारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँस्थित सुनधारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको

बजेटबारे चेम्बरले दियो सरकारलाई १०१ सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय

तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू