अवैधरुपमा मृगौला प्रत्यारोपणको आरोपमा चितवनमा चिकित्सक पक्राउ



चितवन । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले शनिबार साँझ पक्राउ गरेको हो ।

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गाैला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको हो ।

उनीहरूबाहेक समितिका सदस्य सर्जन डा राकेश बर्मा भने आज फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । प्रधानले एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गाैला प्रत्यारोपणको विषयलाई लिएर उनीहरूलाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लिइएको हो ।

प्रत्यारोपण भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पूरा गरेर प्रत्यारोपण गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिइएको हो भन्ने प्रष्ट नभएको बताए । हालसम्म सो मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा फरार भएका अभियुक्त पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट फरार भएका निशान परियार पुनः पक्राउ

बालकुमारीबाट १६८ थान मोबाइलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौँको बालकुमारीबाट प्रहरीले १६८ थान मोबाइलसहित प्रहरीेले दुई जनालाई पक्राउ गरेको

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल