हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैनः प्रचण्ड



चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकन पश्चात माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उनको भनाई थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं, उनले भने ।

उनले भने, ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।

उनले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री एकढिक्का हुन आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’

यस क्षेत्रको जनप्रतिनिध समेत रहेका अध्यक्ष प्रचण्डले राष्ट्रिय निकुञ्जले माडीमा पुर्याएको असर, यस क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास सम्बन्धि आफ्नो ध्यान रहेको बताए ।

अरु समान्य निर्वाचित सदस्यले जस्तो एक दुई वटा काम गरेर यस क्षेत्रबाट आफू फुत्केर जान सक्ने स्थानमा नभएकोले माडीको पूर्वाधार विकास हुनेमा विश्वस्त हुन उनले आग्रह गरे ।

उनले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशे पुल बनाउने कुरामा सरकार र पार्टीमा छलफल भइरहेको बताए । प्रचण्डले आकाशे पुलको अध्ययन र डिपिआरका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषामा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दाबढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा

काठमाडौँको सुनधारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँस्थित सुनधारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको

बजेटबारे चेम्बरले दियो सरकारलाई १०१ सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय

तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू